पाल्पाको एसईई नतिजा : एक जनाले ल्याए चार जिपिए

यसैगरी १ हजार १ सय ९९ जनाले  १.६ देखी २ जिपिएका साथ सि,  ५ सय ६१ जनाले १.२ देखी १.६ सम्म जिपिएका साथ डि प्लस र ४९ जनाले  ०.८ देखी १.६ जिपिएका साथ डि अंक ल्याएको  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

राष्ट्रिय परिक्षा बोर्डले २ जिपिए भन्दा तल अंक ल्याउने परिक्षार्थीहरु लाई ग्रेड बृद्धिको लागि  मौका परिक्षाको लागि अवसर समेत दिएको इकाइ प्रमुख सुवेदीले बताए । विगतका तुलनामा पाल्पाको नतिजा सन्तोषजनक रहेको इकाइ प्रमुख सुवेदीले बताए ।

पाल्पामा सबैभन्दा बढी पाल्पा पोलस्टार  सेकेण्डरी स्कुलका तानसेन प्रभासका विधार्थीले ४ जिपिए ल्याएका हुन । सरकारी तर्फ  भने सबैभन्दा बढी जनता नमुना विद्यालय तानसेन पाल्पाबाट १८ जनाले ए प्लस ल्याएका छन्  ।

प्रकाशित : शुक्रबार, असार २२, २०८००७:३१

हङकङ र मकाउ निर्यात हुन्छ ककनीको पानी

Special Posts