प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्’ उनले भनेका छन् । ढाका ट्रिब्युनका अनुसार उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका छन् । ढाका विश्वविद्यालयको कानुन विभागका प्रोफेसर आसिफ नजरुललाई विज्ञप्ति जारी गरी विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न भनिएको छ।जनरल वाकरले शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताए । उनले सेनाको मुख्यालयमा राजनीतिक दलसँगको बैठकमा अवामी लिगका कुनै पनि सदस्य नरहेको बताएका छन् ।
बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा
प्रकाशित : सोमबार, साउन २१, २०८११६:३२