काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार, प्रदेश सरकारहरू र स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले ४ वटा निर्देशन दिंदै ध्यानाकर्षण गराएको हो ।
आर्थिक वर्ष २०७९र८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारीरकर्मचारीहरूको विवरण समावेश भएको ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७९र८०’ राष्ट्रिय सतर्कता केन्द्रले आयोगलाई उपलब्ध गराएको थियो ।
यो प्रतिवेदनमाथि आयोगले छलफल गरेर गत २ साउनमा विभिन्न नीतिगत व्यवस्था गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको थियो ।
संघ, प्रदेश र स्थानीय तहले सम्पत्ति विवरण बुझाउनु पर्ने दायित्व सम्बन्धमा पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नआयोगले निर्देशन दिएको छ ।
यसैगरी राष्ट्रिय कितावखाना ९निजामती, शिक्षक र प्रहरी०, प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहले सम्पत्ति विवरणका बन्दी खामहरूको व्यवस्थापन र संरक्षण गर्न र राष्ट्रिय कितावखाना ९निजामती, शिक्षक र प्रहरी० ले सम्पत्ति विवरण फारामलाई अनलाइन प्रविधिमार्फत् प्राप्त गर्ने व्यवस्था मिलाउन पनि आयोगले तीन तहकै सरकारहरुलाई भनेको छ ।
स्थानीय तहहरूलाई अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण सम्बन्धी तथ्यांक प्रविष्टि गर्ने कामलाई प्राथमिकता दिन समेत आयोगले निर्देशन दिएको छ ।