कांक्रेबिहार क्षेत्रमा पिकनिक प्रतिबन्ध

सुर्खेत । वीरेन्द्रनगरको कांक्रेबिहार क्षेत्रमा पिकनिक मनाउन प्रतिबन्ध लगाइएको छ । मान्छेको आवात–जावत बढेको र ठुलो आवाजमा गीत बजाएर होहल्ला गर्दा वन्यजन्तुमा असर परेको भन्दै पिकनिक मनाउन प्रतिबन्ध गरिएको हो ।

कांक्रेबिहार कर्णालीकै प्रमुख पर्यटकीय स्थल हो । काँक्रेबिहारलाई घुमघाम र पिकनिकको आकर्षक गन्तव्यका लागि चिनिन्छ । वन क्षेत्रभित्र मान्छेको उपस्थिति बढेको र होहल्ला बढ्दा वन्यजन्तु असुरक्षित भएको भन्दै अहिले काँक्रेविहार क्षेत्रमा पिकनिक मनाउन प्रतिबन्ध गरिएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार क्षेत्रभित्र पिकनिक पाटी तथा अन्य हो–हल्लाका कारण वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक असर परेको भन्दै प्रतिबन्ध लगाएको हो ।

निमित्त डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले उक्त क्षेत्रमा अहिले त्यस्ता गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको बताए । यदि त्यस्ता गतिविधिहरू गरेको पाइएमा वन ऐन, ०७६ अनुसार कारबाही गरिने समेत उनको भनाइ छ ।

प्रकाशित : शनिबार, कार्तिक २४, २०८११२:१७

दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन

Special Posts