गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे विरासत ताेडेर देखाउँछु : रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री एवम् प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले लख्नुभएको छ, ‘गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’

गुल्मी क्षेत्र नम्बर २ मा एमालेका सचिव गोकर्ण विष्टले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । विष्ट यसअघि चार पटकसम्म गुल्मी–२ बाटै उम्मेदवार बनेकोमा २०६४ सालबाहेक तीन पटक विजयी हुनुभएको छ ।

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा भने गुल्मी–२ मा नेकपा एमाले कमजोर देखिएको छ । गोकर्ण विष्टकै पालिका इस्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यस्तै झाँक्रीको पालिका मदाने गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित : आइतबार, भदौ ०५, २०७९१५:३४

एमाले पाल्पाले गर्यो दुबै निर्वाचन क्षेत्रमा उम्मेद्धवार सिफारिस, १ मा आचार्य,२ मा गैरे

Special Posts